Indrenionline.com

दाङमा लागुऔषधसहित तीन जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । गएको शनिवार घोराही उपमहानगरपालीका वडा नं. १२ हापुरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

तुलसीपुर ७ पर्सेनी बस्ने बर्ष २४ को पियुस जिसीले चलाएको रा ७ प ४२८२ पछाडि सवार तुलसीपुर ६ बस्ने बर्ष २० का एलिक्स केसीलाई संकासमद अवस्थामा प्रहरीले चेकजाँच गर्दा उनीले बोकेको झोलाबाट (Tramadol hcl capsules IP 50 mg) ४० पत्ता (४०० क्यापसुल) बरामद गरेको थियो । उनलाई केरकार गर्दा प्रहरीले सो सामान घोराही ९ घर भई हाल बुद्धीग्यारेज बस्ने बर्ष ५३ का खुमबहादुर खत्रीबाट खरिद गरी ल्याएको भनेपछि खत्रीलाई पनि पक्राउ गरिएको थियो ।

खत्रीलाई रा २ प ५०७८ नं. को मो.सा. सहित फेला पारी नियन्त्रणमा लिई खानतलासी गर्दा उक्त मो.सा.को लेगगार्डमा झुण्ड्याएको झोलामा ला.औ. (Tramadol hcl capsules IP 50 mg) लेखेको ५६ पत्ता (५६० क्यापसुल), निज बस्दै आएको घरकोठामा समेत खानतलासी गर्दा कोठा भित्र स्टिलको दराज राखेको लागु औषध  (Tramadol hcl capsules IP 50 mg) लेखेको ४८ पत्ता (४८० क्यापसुल) सहित फेला पारी बरामद गरिएको थियो ।

तिनै जना व्यक्ती २ मो.सा. र जम्मा १४४० Tramadol hcl Capsules सहित नियन्त्रणमा  लिई  जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।