इन्द्रेणी संवावदाता
दाङ । दाङको तुलसीपुरबाट जुवा खेलिरहेको अवस्थामा नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गएको शनिवार बेलुकी तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ अटोभिलेजस्थित राममाया घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा तुलसीपुर ७ बस्ने बर्ष ३६ का प्रेम प्रकाश वली, तुलसीपुर ६ रजौरा बस्ने ३३ का रमेश बस्नेत, बसपार्क बस्ने बर्ष ३७ का गौरीलाल वली, बरुवागाउँ बस्ने बर्ष ३८ का दिनेश बन्जरा, वडा नं. ५ नयाँबस्ती बस्ने बर्ष २९ का खुमबहादुर बि.क., वडा नं. ८ दुधेना बस्ने बर्ष ५५ का धनबिर बि.क., वडा नं. ५ बसपार्क बस्ने बर्ष ३३ का सन्तोष भण्डारी, वडा नं. ६ रजौरा बस्ने बर्ष ३८ का चेतलाल भण्डारी र वडा नं. १६ लालपुर बस्ने बर्ष ३४ का तिलकराम के.सी. रहेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट प्रहरी निरीक्षक बिनोद राज खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवा खेली रहेको अवस्थामा नगद ३४ हजार ६०५ सहित नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला अदालतबाट ३ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।