इन्द्रेणी संवाददाता
दाङ । नेकपा एमाले दाङले आज शान्तिपूर्ण जागरण अभियान भन्दै घोराहीमा प्रदर्शन गरेको छ । एमाले निकट २३ वटा जनवर्गीय संगठनले प्रर्दशन गरेका हुन् । ट्राफिक चोकबाट सुरू भएको प्रदर्शन घोराही बजारका विभिन्न स्थान परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
त्यस्तै राष्ट्रिय युवा संघ दाङका अध्यक्ष विवेक योगीले जेनजीका मागप्रति युवा संघ सकरात्मक भएको तर जेनजीका नाममा भएका अराजक गतिविधि युवासंघलाई स्वीकार्य नहुने बताएका थिए ।
प्रदर्शनमा शान्ति सुरक्षा कायम गर, जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका दोषिलाई कारवाही गर, देशमा अस्थिरता होइन स्थायी शान्ति कायम कायम गरलगायतका नारा लगाइएको थियो । र्यालीमा जिल्लाका विभिन्न स्थानबाट आएका हजारौंको सहभागिता थियो । र्याली अघि विभिन्न सवारीका साधनमा आएर नेता कार्यकर्ताहरु घोराहीमा जम्मा भएका थिए ।
