काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा लुटिएका नेपाल प्रहरीका ८०० भन्दा बढी हतियार अझै फेला परेका छैनन् ।
आन्दोलनका क्रममा प्रहरीका साना ठूला गरी ११ सय भन्दा बढी हतियार लुटपाट भएका थिए । लुटिएका मध्ये ३०० बढी हतियार फिर्ता तथा सुरक्षा निकायले बरामद गरेको छ ।
प्रहरी कार्यालय तोडफोड र आगजनी गर्दै हतियार लुटिएको थियो । हतियार गायब हुँदा सुरक्षा चुनौती बढ्दो छ भने सुरक्षाकर्मी भने हतियारविहीन हुनुपर्ने अवस्था छ ।