सल्यान । हरेक वर्ष दशैपछिको कोजाग्रत पूर्णिमाको दिन सल्यानको प्रसिद्ध धार्मिक तथा प्राकृतिकस्थल कुमाख पहाड (लेक) मा भव्य मेला लाग्छ ।
यो मेला जिल्लाकै ऐतिहासिक र सांस्कृतिक रूपमा ठुलो मानिन्छ । श्रद्धालुहरू कुमाखको टुप्पोमा अवस्थित सिद्ध मन्दिरमा विशेष पूजा–आराधना र दर्शनका लागि पुग्ने गर्दछन् ।
समुन्द्री सतहदेखि करिब २ हजार ५३७ मिटर उचाइमा अवस्थित कुमाखको टुप्पोबाट रुकुम, रोल्पा, बाँके, जाजरकोटलगायत १५ जिल्लाका भू–भाग र हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । सोही चुचुरोमा रहेको सिद्ध मन्दिरमा प्रत्येक वर्ष चतुर्दशी र कोजाग्रत पूर्णिमाका दिन विशेष पूजा र आराधना गरिन्छ ।