काठमाडौं । सिलिण्डर विष्फोट हुँदा काठमाडौं महानगरपालिका भीमसेनस्थानमा भीषण आगलागी भएको छ । सिलिण्डर पड्केर सुरु भएको आगलागीबाट तीन–चारवटा घर जलेको जानकारी प्रहरीले दिएको छ ।
प्रहरी वृत्त जनसेवाका प्रहरी सहायक निरीक्षक रवि चरणका अनुसार, आगलागी भएको स्थानमा नेपाल प्रहरीको समन्वयमा आठ/नौ वटा दमकलबाट आगो निभाउने कार्य भइरहेको छ ।
प्रहरीका अनुसार, घटनामा मानवीय क्षति भएको जानकारी आएको छैन र के कति घरमा कति नोक्सान भयो भन्ने विवरण पनि प्राप्त भएको छैन । आगलागीको छेउमा मन्दिर पनि रहेको छ । अहिले सबैको ध्यान आगो नियन्त्रणमै केन्द्रित छ ।
