काठमाडौँ। गएको भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएको सिंहदरबारलाई जाली लगाएर छोपिएको छ । सरकार आफैँले मुख्य प्रशासनिक केन्द्रको विद्रुप लुकाउन र बचेको हिस्सा संरक्षण गर्न बुधबार सिंहदरबारलाई जाली लगाएर छोपेको छ। आन्दोलनका क्रममा देशकै मुख्य प्रशासनिक क्षेत्र ऐतिहासिक सिंहदरबारलाई कसैले बचाउन सकेनन् । सिंहदरबार जलेसँगै नेपालले एउटा इतिहास गुमाएको छ ।
तस्विर : रासस