इन्द्रेणी संवाददाता
दाङ, १८ साउन
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको जिल्ला अधिबेसन आगामी भदौ ११ गते हुने भएको छ । शाखाको आज मंगलबार सम्पन्न बैठकले अधिबेसन सम्पन्न गर्न आबश्यक प्रक्रिया पुरा गर्ने निर्णय गरेको छ । अधिबेसन लागि तोकिएको मिति भन्दा १ हप्ता अघि नबिकरण गर्न बाँकी साधारण सदस्यहरुलाई नबिकरण गर्न र नँया सदस्यता लिन चाहाने ईच्छुक ब्यक्तीहरुलाई साउन मसान्त भित्र आबेदन खुल्ला गर्ने निर्णय गरिएको सचिब शरद रेग्मीले जानकारी गराउनुभयो ।
अधिबेसन सफलता पूर्बक सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट सबै आजीवन सदस्य,साधारण सदस्य, सल्लाहकार, बिभिन्न संयोजक ज्यूहरुलाई समेत अनुरोध गरिएको छ । दुई बर्षे कार्यकाल रहने शान्ति समाजको जिल्ला अधिबेसनले नँया नेतृत्व चयन गर्ने छ ।
यस्तै आज मंगलबारको बैठकले बाढीपिडीत,भूकम्प पीडित जस्ता दैबिक प्रकोपबाट पीडितहरुलाई तत्काल राहत र पूर्नस्थापनाको ब्यबस्था मिलाउन स्थानिय प्रशासनसग अनुरोध गर्दै,शान्ति समाजले पनि उक्त कार्यमा आबश्यक सहयोग गर्ने निर्णय गरिएको शाखा सभापति सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।।