Indrenionline.com

महिलाहरुको पर्व तीज शुरु, आज दर खाने दिन

काठमाडौं । हिन्दु महिलाहरुको पर्व तीज आजदेखि शुरु भएको छ । आजको दिन दर खाने दिन । माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ ।

भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दिदी वहिनीहरु जम्मा भएर सामुहिक रुपमा दर खाने चलन पनि छ ।

तर, तीज पर्वमा आएको परिवर्तन भनौ या विकृति, पछिल्लो समयमा तीज आउनुभन्दा करिव एक महिनादेखि नै विभिन्न होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेसहरुमा भट्किलो तरिकाले दर खाने चलन बढ्दै गएको छ ।