Indrenionline.com

लुम्बिनी प्रदेशका ६ जिल्लामा अट्वारीको सार्वजनिक बिदा

दाङ । लुम्बिनी प्रदेश सरकारले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वको अवसरमा लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

थारु समुदायको बसोवास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको हो ।

थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस वर्ष भदौ ८ गते आइतबार परेको छ। यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ भने व्रत बसी सूर्यको पूजा गरी मनाइने गरिन्छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै पूजा गर्ने चलन छ ।