Indrenionline.com

शुरुभयो निजी विद्यालयको आन्दोलन

काठमाडौं । शिक्षा विधेयकमाथि असन्तुटि जनाउदै निजी विद्यालयका संगठन प्याब्सन, एनप्याब्सनले घोषण गरेको आन्दोलन आजदेखि शुरु भएको छ ।

आन्दोलनको पहिलो दिन काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । यता विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रूप दिने तयारी भइरहेका छ ।

यस्ता छन् मागहरू

(१) पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने।

(२) विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना (खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने)

(३) कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलक” बनाउदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने।

(४) छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने।

(५) छात्रवृत्तिसम्वन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान- जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने।

आन्दोलनका कार्यक्रम:
१) २०८२ भदौ ५ गते बिहान ११ बजेदेखि १ बजेसम्म माइतीघर मण्डलमा सम्पूर्ण प्रिन्सिपलहरू ब्यानरसहित नयाँबानेश्वर चोकसम्म न्याली निकाली पुन: माइतीघर मण्डलामा पुगेर कोणसभा गर्ने।

२) २०८२ भदौ ६ गते, बिहान ११ बजे देशैभरिका स्कुल बसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने।
काठमाडौं उपत्यकामो २७ किमी चक्रपथ वरिपरि स्कुलबसहरूको कालो झण्डा/ब्यानरसहित याली गर्ने। दिउँसो १ बजे माइतीघर मण्डलमा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ/धर्ना गर्ने।

३) २०८२ भदौ ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने।