सल्यान । लगातारको वर्षापछि आएको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका–३ स्थित सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरूपमा ठप्प भएको हो ।
दाङ–सल्यान सिमानामा रहेको पहिरो प्रभावित क्षेत्र बिहानैदेखि बन्द हुँदा यात्रुहरू अलपत्र परेका छन् । कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराईका अनुसार सडक खुलाउने प्रयास तीव्र पारिएको छ ।
यस सडकखण्ड हुँदै सल्यान, रुकुम, रोल्पालगायत जिल्लाहरू आवतजावत गरिँदै आएको छ । सडक खुल्ने समयबारे निश्चित जानकारी नआएको प्रहरीले जनाएको छ ।
