Indrenionline.com

मुख्यमन्त्री बानियाँले लिए शपथ

हेटौडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नवनियुक्त ईन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश प्रमुखको कार्यालय पसिरमा मङ्गलबार दिउँसो आयोजित कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री बानियाँलाई शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री बानियाँले शपथसँगै एक जना बिना विभागीयसहित नौ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।
मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुख देवकोटाले नेपाली कांग्रेसको दुई र नेकपा एमालेबाट ६ जना मन्त्री नियुक्ति गरेका हुन् ।