काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को नतिजा प्रकाशित गर्ने अन्तिम तयारीमा जुटेको छ । बोर्डले आज/भोलिमै नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।
साँझ ५ बजे बोर्डको बैठक बोलाएको छ । सम्भवतः उक्त बैठकले नै नतिजा प्रकाशनको निर्णय गर्न सक्नेछ । आज नभए भोलि मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले बताए ।
प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजा प्रकाशनमा ननग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ । गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए ।
