Indrenionline.com

आज साउन १५, खिर खाने दिन

काठमाडौं । आज साउन । नेपाली समाजमा आजको दिनमा खिर खाएर मनाउने चलन छ । वर्षा ऋतुमा असार १५ दही च्युरा र साउन १५ मा खिर खाने परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको चलन छ । दूधमा मरमसलालगायत विभिन्न चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएका मानिन्छ । आजको दिन दुध अत्यधिक खपत हुने गर्दछ ।