Indrenionline.com

आज कहाँ-कहाँ पानी पर्ने सम्भावना छ

काठमाडौँ । मनसुनी वायुको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै तथा बाँकी तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

राति देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।