काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकबाटै निर्णय गराएर सदस्यता नवीकरणमा प्रतिबन्ध लगाएपछि पूर्वराष्ट्रपति विद्या भण्डारीले यसबारे आफ्नो धारणा राख्ने तयारी गरेकी छन् । आज दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत औपचारिक धारणा सार्वजनिक गर्ने तयारी उनको छ ।
सोही सम्मेलनबाट आफ्नो आगामी कदमबारे थप प्रस्ट पार्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ । पत्रकार सम्मेलनमा धेरै विषय स्पष्ट हुने भण्डारीनिकट एक नेताले बताए । भण्डारीले पछि नहट्ने बताइसकेकी छन् ।
गएको मंगलबार मध्यराति एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो ।
