Indrenionline.com

काठमाडौंबाट दाङ आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते, तीन जनाको अवस्था गम्भीर

तौलिहवा । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना भएको छ । दुर्घटनामा परी २९ जना घाइते भएका छन्।

काठमाडौंदेखि दाङ जाँदै गरेको लु.प्र ०२००१ ख ००४५ नम्बरको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएका तीन जनको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांलीले जानकारी दिए।का छन्।

गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।