लमही । बिहीबार दिउँसो दाङको देउखुरीमा मोटरसाइकल र ट्याक्टर ठोकिदा दुई जना घाइते भएका छन् ।
लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–१ पाखापानी पवित्रा पेट्रोल पम्प नजिक पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २९ प ९१०८ नम्बरको मोटरसाइकल र भालुवाङबाट लमही गइरहेको रा.१ त ३६२९ नम्बरको ट्याक्टर एक आपसमा ठोकिएका थिए ।
दुर्घटनामा घाइते हुनेहरूमा मोटरसाइकल चालक पूर्वी नवलपरासी (सुस्ता) त्रिवेणी गाउँपालिका १ का ३२ वर्षिय शेरबहादुर विक, पछाडि सवार २७ वर्षका बुनुमाया विक रहेका छन् । घाइते दुवै जना श्रीमान श्रीमती हुन् ।
घाइते मध्ये श्रीमान शेरबहादुरको अवस्था गम्भीर रहेको र श्रीमती बुनुमायाको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । घाइते दुवैलाई भालुवाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ ।
