Indrenionline.com

पेस्तोलसहित युवक पक्राउ

इन्द्रेणी संवाददाता
दाङ । प्रहरीले दाङमा एक जनालाई पेस्तोलसहित नियन्त्रणमा लिएको छ । सल्यान कपुरकोट गाउँपालिका ३ फलाटे घर भई हाल घोराहीस्थित लोटस ट्रेडिङ सेन्टरमा ट्रेनिङ गरिरहेका १९ वर्षका अजय विकलाई नियन्त्रणमा लिएको हो ।

विक उक्त ट्रेनिङ सेन्टरको होस्टेलमा बस्दै आएको र उनले अबैध रुपमा हतियार राखेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

उनीबाट 0.32pistol civil INGSF1902134300.32 Indian ord nance Factury लेखेको पेस्तोल थान-१ (एक), ऐ.ऐ.मा लाग्ने गोली थान-४ (चार), ऐ.ऐ.मा लाग्ने ७ राउण्ड क्षमता भएको म्याग्जिन थान-१ बरामदगरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यँलय दाङले जनाएको छ ।