काठमाडौंँ, १८ साउन । भारतले एकतर्फी रुपमा बाँध निर्माण गरेकाले सप्तरीस्थित खाँडो खोला सीमामा समस्या उत्पन्न भएको र तिलाठी बाँध विवादले उग्र रुप लिएको बताइएको छ ।
सप्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तेजुलाल चौधरीले उक्त समस्या समाधान गर्न सरकार गम्भीर भएर प्रस्तुत हुनुपर्ने बताउँदै खाँडो नदी संरक्षणका लागि राष्ट्रपति चुरे कार्यक्रममा समेत बजेट राखिए पनि नदी नियन्त्रण गर्न नसकिएकामा चिन्ता गर्नुभयो ।।