Indrenionline.com

गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बिहीबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहान कैलालीको बचिलामा गएको एक घन्टामा १०.६ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै बझाङको थलरामा ५ मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो चौबीस घन्टामा कैलालीको गर्भ दरबार स्टेसनमा ११७ मिलिमिटर वर्षा भएको महाशाखाले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।

त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा केही स्थानहरूमा तथा बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।