तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब छ करोड ६६ लाख ९३ हजार आठ सय ५५ रुपैयाँको बजेट ल्याएको छ ।
उपमहानगरपालिकाले शिक्षा, युवा तथा खेलकूद क्षेत्रमा कुल बजेटको २९.१७ प्रतिशत अर्थात ६० करोड २८ लाख बजेट विनियोजन गरेको छ । द्वन्द्वपीडित परिवार शिक्षा कार्यक्रममा सहिद स्मृति विद्यालयलाई चार करोड ६८ लाख, सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि एक करोड १३ लाख, सार्वजनिक विद्यालयमा विद्यार्थीका लागि पाठ्यपुस्तक अनुदानमा एक करोड ४८ लाख, गुरुयोजनाका आधारमा स्थानीय तहको साझेदारीमा विद्यालयका भौतिक निर्माण अनुदानमा एक करोड ६५ लाख बजेट विनियोजन गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले कृषि विकास र पशु सेवातर्फ एक/एक करोड, मेट्रो कलेज तथा तुलसीपुर बहुप्राविधिक शिक्षालयका लागि एक करोड, आधुनिक दमकल खरिद गर्न एक करोड, विपत् व्यवस्थापन कोषमा एक करोड, फोहोरमैला व्यवस्थापनका लागि कम्प्याक्टर व्यवस्थापन गर्न एक करोड, पालिकाभित्रका विद्यालयका भौतिक पूर्वाधार मर्मतमा ५० लाख बजेट विनियोजन गरेको छ ।
