Indrenionline.com

कांग्रेस नेता गणेश लामालाई सर्वाेच्चको सफाइ

काठमाडौं । विशेष अदालतले दोषी ठहर गरेको कांग्रेस नेता गणेश लामाले सर्वाेच्चबाट सफाइ पाएका छन् । सोमबार न्यायाधीशहरू कुमार रेग्‍मी र अब्दुल अजीज मुसलमानको इजलासले सम्पत्ति शुद्धीकरण मुद्दामा लामालाई सफाइ दिएको हो।

२०७५ साउन २४ गते विशेष अदालतका न्यायाधीशहरू बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गर्दै लामालाई एक करोड ४० लाख ५० हजार रुपैयाँ बिगोअनुसारको जरिवाना र सम्पत्ति जफत गर्ने फैसलासहित एक वर्ष कैदको फैसला गरेको थियो।

उक्त सजायविरूद्ध लामाले २०७५ कात्तिक ९ गते लामाले सर्वोच्चमा नेपाल सरकारलाई विपक्षी बनाएर पुनरावेदन दिएका थिए।