काठमाडौँ । ६० किलो सुन ओसारपसारमा संलग्न भएको आरोपमा रोल्पाकी अमला रोका पक्राउ परेकी छन् । रोल्पाको थवाङ गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौँको टोखा नगरपालिका ३ सुर्यदर्शन टोल बस्ने ४४ बर्षीया रोकालाई प्रहरीले पक्राउ गरेको हो ।
मिति २०८० साउन २ गते बरामद भई आएको ६० किलो अवैध सुन अनुसन्धान सम्बन्धमा भन्सार चोरी पैठारी तथा सङ्गठित अपराध मुद्दामा फरार रहेकी प्रतिवादी रोकालाई पक्राउ गरिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।
ब्युरोबाट खटिएको अनुसन्धान टोलीले शुक्रवार काठमाडौँको टोखा नगरपालिका ३ सुर्यदर्शन टोलबाट पक्राउ गरेको हो । उनी सुन तस्करका नाइके दावा छिरिङसँग नजिक थिइन ।
६० किलो सुन तस्करी प्रकरणमा जोडिएकी रोकाको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो ।
