Indrenionline.com

पत्रकार दिलभूषणलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश

काठमाडौँ । उच्च अदालत, पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइपछि उक्त आदेशलाई निरन्तरता दिएको हो।

उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले आज सो आदेशलाई निरन्तरता दिएको उच्च अदालत प्रशासनले जनाएको छ। अब पाठकले हालेको मुद्दा नटुङ्गिँदासम्म प्रहरीले उनलाई पक्राउ गर्न पाउने छैन ।

पत्रकार पाठकले आफ्नो कार्यक्रम ‘टफ टकु मार्फत्’ कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाको हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा संलग्नताबारे ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए । सोहीका आधारमा देउवा पुत्र जयवीरसिंह प्रहरीमा उजुरी हालेका थिए ।

पत्रकारलाई समाचार लेखेकै कारण साइवर अपराधको मुद्दा लगाउनु गैरकानुनी भएको भन्दै सर्वत्र विरोध आलोचाना हुँदै आएको थियो । समाचरमा चित्त नबुझे त्यसको न्यायका लागि प्रेस काउन्सिलमार्फत खाजेज्न सकिने हुदा हुदै प्रहरीको क्षेत्राधिकारभित्र नपर्ने काम भएको भन्दै विरोध समेत हुदैआएको थियो ।