काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश भएको छ। मंगलवार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
उनी मंगलवार अदालतमा हाजिर भएका थिए। तीनकुने घटनामा हाजिर जमानीमा छुटेका उनी मुद्दा दायर गर्दा उपस्थित भएका थिएनन्।
चैत १५ गते तीनकुनेमा भएको राजावादीहरुको प्रर्दशनले हिंसात्मक रुप लिएपनि दुई जनाको ज्यान गएको थियो भने करोडौंको धनमालको क्षति भएको थियो । सोही प्रदर्शनलाई उक्साउटको काम गरेको भन्द्र मिश्रलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
