Indrenionline.com

पत्रकार दिलभूषणलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
सोमबार न्यायाधीश ऋषिराज भण्डारीको इजलासले पाठकलाई कानुनसम्वत् बाहेक पक्राउ नगर्न आदेश जारी गरेको हो ।

आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पाठक उच्च अदालतमा निवेदन दिन पुगेका थिए । सोही रिटमा सुनुवाई गर्दै उच्च अदालत पाटनले उक्त आदेश दिएको हो।

विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो। उक्त रिटमाथि छलफलका लागि असार ५ गते दुवै पक्षलाई बोलाइएको छ।

पत्रकार पाठकले आफ्नो कार्यक्रम ‘टफ टकु मार्फत्’ कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाको हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा संलग्नताबारे ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए । सोहीका आधारमा देउवा पुत्र जयवीरसिंह प्रहरीमा उजुरी हालेका थिए ।

पत्रकारलाई समाचार लेखेकै कारण साइवर अपराधको मुद्दा लगाउनु गैरकानुनी भएको भन्दै सर्वत्र विरोध आलोचाना हुँदै आएको थियो । समाचरमा चित्त नबुझे त्यसको न्यायका लागि प्रेस काउन्सिलमार्फत खाजेज्न सकिने हुदा हुदै प्रहरीको क्षेत्राधिकारभित्र नपर्ने काम भएको भन्दै विरोध समेत हुदैआएको थियो ।