Indrenionline.com

प्रतिनिधिसभाको बैठक स्थगित, भोलि १ बजे बस्ने

काठमाडौँ । आज दिउँसो ३ बजेर ३५ मिनेटमा आधा घण्टापछि बस्ने गरी निर्धारण भएको बैठक निर्धारित समयमा बस्न नसकेपछि स्थगन भएको छ। प्रतिनिधिसभाको बैठक यही जेठ २८ गते बुधबार बस्ने छ । संसद् सचिवालयले सूचना टाँस गरी अर्को बैठक बुधबार दिउँसो १ बजे जनाएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका छन् । जेठ १५ गते संसद्‍मा बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरूका कारण त्यसयता बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन