Indrenionline.com

किन वहिष्कार गरे पत्रकारहरुले न्यायाधीशको सपथ ?

काठमाडौँ -राष्ट्रपति कार्यालयले उचित स्थानको व्यवस्था नगरे पछि संचारकर्मीहरुले सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरुको सपथग्रहणको कार्यक्रम वहिष्कार गरेका छन् । नवनियुक्त ११ जना न्यायाधीशहरुको सपथग्रहणको कार्यक्रम सोमबार विहान ११ बजे राष्ट्रपति कार्यालयमा तय गरिएको थियो ।

राष्ट्रपति कार्यालयले संचारकर्मीहरुका लागि सपथग्रहणको दृष्य खिच्न नमिल्ने स्थान छुट्याएको विरोधमा कार्यक्रम वहिष्कार गरेको राष्ट्रपति कार्यालय पुगेका संचारकर्मीहरुले बताएका छन् ।