व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्री चयनका लागि पर्सी मतदान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि आहृवान गरेपछि आज बसेको संसद् बैठकमा सभामुख ओनसरी घर्ती मगरले प्रधानमन्त्री चुनावका लागि पर्सि विहान ११ बजे मततादन हुने जानकारी दिनुभएको हो ।
आजको बसेको संसद बैठकले धनकुटामा भएको बस दुर्घटनामा मृत्यु भएका पूर्वसांसद हरिराज खेवाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आजको संसद् बैठकमा उपप्रधान तथा रक्षामन्त्री भीम रावलले मुलुकभरमा बाढी,पहिरोका कारण भएको क्षति र उद्धारका लागि गरिएका पहलको बारेमा जानकारी गराउनु भएको थियो ।