Indrenionline.com

पूर्वप्रधानमन्त्री माधव कुमारलाई भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधामन्त्री माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा विशेष अदालत काठमाडौँमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

यस प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो माग गरिएको छ । मुद्दा परेसँगै पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बन भएको छ ।

मुद्दा दायर गरिएका प्रमुख अभियुक्तहरू 

राजनीतिक र प्रशासनिक तह

मालपोत कार्यालय, काभ्रेपलाञ्चोक

गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोक

सनराइज बैँक लिमिटेड

निजी कम्पनी र व्यक्ति

चौतारा प्रा.लि.

सराफ परिवार

अन्य अभियुक्तहरू