नेकपा एमाले तुलसीपुर २० का वडाध्यक्ष रुपलाल चौधरीको शुद्धशान्ती कार्यक्रमको अवसरमा एमालेले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।साविक उरहरी गाउ कमिटिका अध्यक्ष टेक बहादुर के.सी.को अध्यक्षता तथा एमाले दाङका निवर्तमान अध्यक्ष नरुलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै चन्द्रोदय बोर्डिगंका प्रिन्सीपल द्रोण बहादुर बस्नेतले मृतकका छोरा र छोरी लाई आफ्नो विद्यालयले निशुल्क रुपमा उच्च शिक्षा सम्म अध्ययन गराउने प्रतिबद्धता जनाउनु भएको छ ।