तुलसीपुर १७ साउन । प्रहरीले वन मुद्धामा कैद सजाय र जरिवाना फैसला भई फरार रहेका एक जनालाई पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतबाट दाङ देउखुरी जिल्ला अदालतबाट वन मुद्धामा ५ महिना ८ दिन कैद सजाय र ८९ हजार ६ सय ५० रुपैयाँ जरिवाना तोकिएका गढवा १ का सुरेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।