Indrenionline.com

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मानव अधिकार आयोगको आपत्ती

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले यही जेठ १५ गते राजावादीको आन्दोलनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ओलीले १५ गतेको आन्दोलनलाई लिएर जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिप्रति आयोगका प्रवक्ता टीकाराम पोख्रेलले आज एक विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

देशमा शान्ति सुरक्षा अमनचयन गर्ने जिम्मेवारी सरकार भएको भन्दै प्रधानमन्त्री ओलीको अभिव्यक्ति उत्यजनापूर्ण भएको भन्दै आयोगले यस्तो अभिव्यक्तिले मुटभेट निम्त्याउन सक्ने र यो अभिव्यक्ति मानव अधिकारको मुल्यमान्यता विपरित भएको समेत जनाइएको छ ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौ जनआन्दोलन शुरू गर्ने घोषणा गरेको छ । आन्दोलनका क्रममा सबै पक्ष संमेमित हुन सकेत आग्रह गरेको छ ।