Indrenionline.com

मध्यराति बैतडीमा ५.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । शुक्रवार राती १ बजेर ४८ मिनेटमा बैतडीको खलङ्गा क्षेत्रमा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बैतडीको खलङ्गा आसपास क्षेत्र रहेको छ।

भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि महसुस गरिएको जनाइएको छ। यसबाट भएको क्षतिको विवरण भने आएको छैन ।