Indrenionline.com

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

थाइल्याण्डको औपचारिक भ्रमणबारे जानकारी दिनुहुँदै प्रधानमन्त्री काठमाडौँ, १८ चैतः प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागितासम्बन्धमा जानकारी दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौँ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनेछन् ।

बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ ओलीले दिने छन् ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय पनि गरिएको छ । साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने छ ।