इन्द्रेणी संवाददाता
गत आर्थिक वर्षमा एक सरकारी कार्यालयमा भएको कार्यसम्पादन सम्बन्धी सूचना माग्दा पत्रकार धम्काउने कृषि विकास कार्यालय दाङका बरिष्ठ कृषि विकास अधिकृतले माफी मागेका छन् । कार्यसम्पदान सम्बन्धी सूचना लिन निवेदन लिएर पुगेका पत्रकार धनिराम शर्मालाई उनले हप्काएका थिए । गत असारमा पहिलो पटक सूचना माग्दा सूचना उपलब्ध गराउन आनाकानी गरेका अधिकृत श्रीधर ज्ञवालीले आज पुनः सूचना माग्दा पत्रकार शर्मालाई दाङमा सूचना पाइदैन रोल्पा जाँउ भन्दै अभद्र व्यवहार गरेका थिए ।
पत्रकार महासंघका कार्यबहाक अध्यक्ष लक्ष्मी आचार्य, पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेल, प्रेस सेन्टरका केन्द्रीय आयोजक समिति सदस्य नरेन्द्र केसी,पत्रकार महासंघका सह सचिव डिल्ली मल्ल, प्रेस चौतारी दाङका सल्लाहकार सुर्दशन रिजाल , रेडियो मध्यपश्चिम एफएमका समाचार सम्पादक निमुसंगम घर्ती, र नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय उपाध्यक्ष सन्तोष दहित लगायतका पत्रकारहरुको रोहवरमा छलफल भएको थियो ।
पत्रकार शर्माले जिल्ला कृषि विकास कार्यालय दाङले गत आर्थिक वर्ष २०७२/0७३ मा कृषि प्रसारको शिर्षकमा ३ करोड ५५ लाख खर्च गरेको विषयमा सार्वजनिक सूचना माग गरेका थिए । त्यही सूचना माग्दा उनलाई धम्काइएको थियो ।