उदय बीसी
दाङ । चालु आर्थिक वर्ष २०८०/०८१ दाङका दश वटा पालिका मध्ये सबैभन्दा बढी बेरुजु तुलसीपुर उपमहानगरपालिकाको रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आ.व. २०८०/०८१ को प्रतिवेदन अनुसार तुलसीपुर उपमहानगरपालिका जिल्लाको सबैभन्दा बढी ८ करोड ९४ लाख १६ हजार बेरुजु देखिएको छ । जुन २.१९ प्रतिशत हुन आउँछ । ४ अर्ब ७ करोड ७४ लाख रकमको लेखा परीक्षण भएकोमा सो रकम बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०/०८१ दाङका दश वटाको बेरुजु रकम
त्यस्तै दङ्गीशरण गाउँपालिकाको ९१ करोड ७४ लाख रकम लेखा परीक्षण भएकोमा १ करोड ४७ लाख ३३ हजार, शान्तिनगर गाउँपालिकाको१ अर्ब २ करोड १८ लाख रकम लेखा परीक्षण भएकोमा १ करोड ४३ लाख ६६ हजार, बङ्गलाचुली गाउँपालिकाको १ करोड ९ लाख ९१ हजार रकम लेखा परीक्षण भएकोमा १ करोड ४० लाख २० हजार, गढवा गाउँपालिकाको १ अर्ब ३ करोड ७ लाख रकम लेखा परीक्षण भएकोमा १ करोड ९१ लाख ४९ हजार र बबई गाउँपालिकाको ९९ करोड ९६ लाख बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।कम लेखा परीक्षण भएकोमा १ करोड २२ लाख २३ हजार रकम बेरुजु भएको छ ।
त्यस्तै सबैभन्दा कम भएको राप्ती गाउँपालिकाको बेरुजु २१ लाख ४५ हजार छ । १ अर्ब ५६ करोड ७० लाखको लेखा परीक्षण भएकोमा २१ लाख ४५ हजार बेरुजु भएको हो । जुन ०.१४ प्रतिशत हो ।
पालिकाहरूले खर्च गर्दा प्रचलित कानूनबमोजिम नीति नियमअनुसार नगर्ने, रीत नपुर्याई कारोबार गर्ने, राख्नुपर्ने लेखा नराख्ने तथा अनियमित, बेमनासिव तरिकाले आर्थिक कारोबार गर्ने कार्यले प्रश्रय पाउदा स्थानीय तहमा बेरूजु बढिरहेको देखिएको छ । स्थानीय पालिकाको यस्तो मनोमानी कार्यले स्थानीय तहमा हुने भ्रष्टाचारको गतिविधिलाई प्रश्रय दिदै आएको छ । १ अर्ब ५६ करोड ७० लाखको लेखा परीक्षण भएकोमा सोही बराबर बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
