काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालतले मिश्र र प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार अनुमति दिएको हो । चैत १५ गते पक्राउ परेका मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन्।
दुर्गा प्रसाईंको आह्वानमा राजतन्त्र पुर्नस्थापनको माग गर्दै चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको थियो। सो क्रममा दुई ज।नाले ज्यान गुमाएका थिए भने करोडौंको धनजनको क्षति भएको थियो । मिश्र र प्रसाईंले उक्त आन्दोलनलाई उक्साउने काम गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
