Indrenionline.com

कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन्। शनिवार राति साढे ८ बजेतिर उनलाई कपनस्थित निवासबाटै पक्राउ गरिएको हो।

करिव आठ महिनादेखि संसदमा उपस्थित नभएकी राई शुक्रवारको संसद अधिवेशनमा संसदभित्रै पुगेर हाजिर लगाएर वाहिरिएकी थिइन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप छ ।