Indrenionline.com

अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना छुटे

काठमाडौं । आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना छुटेका छन्।

उनीहरू सबैलाई छाडिसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन्। अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही र राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पम्प्लेट बोकेर नाराबाजी गरेलगत्तै उनीहरूलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको थियो।