Indrenionline.com

उच्च अदालतको सफाइपछि छुटे रामबहादुर बम्जन

काठमाडौं । बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बम्जनलाई सफाइ पाएका छन् । उच्च अदालत जनकपुरका न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसला बदर गर्दै बम्जनलाई सफाइ दिने फैसला गरेको हो।

अदालतले सफाइ दिएसँगै बम्जन सिन्धुपाल्चोक कारागारबाट छुटिसकेका छन्। रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार गरेको आरोप लगाउँदै बमजनविरूद्ध २०७६ असोज २३ गते जाहेरी दिएकी थिइन्।

ती बालिकाले बमजनले २०७३ साल साउन २० गते आफूमाथि बलात्कार गरेको आरोप थियो। जिल्ला अदालत सर्लाहीले २०८१ असार १७ गते बम्जनलाई १० वर्ष कैद र ५ लाख रूपैयाँ जरिवाना तोकेको थियो ।