काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनीका कमाण्डर दुर्गा प्रसाईं अझै फेला परेका छैनन् ।
प्रसाईंले भिडलाई उकास्दै आफै गाडी चलाएर प्रहरीको भिडलाई थिचोल्दै सुरक्षा घेरा तोडेका थिए । उनले सुरक्षा घेरा तोडेपछि हौसिएको भिडले त्यहाँस्थित विभिन्न स्थानमा सरकारी तथा नीजि सवारीसाधनमा आगजनी गर्नुका साथै विभिन्न निजी घरमा आगजनी गरेको थियो भने लुटपाट मच्चाएको थियो ।
भिडलाई हिंसात्कम गतिविधितिर उक्साएर फरार भएका प्रसाईंलाई प्रहरीले खोजेपनि अझै फेला पार्न सकेको छैन । प्रहरीले प्रसाईंको खोजिका लागि विभिन्न प्रहरी यूनिट बनाएर लागेको छ । तर उनलाई फेला पार्न सकेको छैन । प्रसाईं शुक्रवार साँझ नै मोवाइल स्वीच अफ गरेर फरार छन् ।
भिडलाई हिंसात्मक गतिविधितर्फ उकासेको आरोपमा राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महासचिव धवलशंसेर राणालाई भने प्रहरीले पक्राउ गरिसकेको छ । तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका क्रममा दुई जनाको ज्यान समेत गएको थियो ।
