Indrenionline.com

तीनकुनेमा एक जना प्रदर्शनकारीको मृत्यु

काठमाडौं । तीनकुनेमा राजावादीको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको हो । प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो।

२९ वर्षीय महर्जन दुर्गा प्रसाईं नेतृत्वले आज गरेको प्रदर्शनमा सहभागी थिए । गृह मन्त्रालयका सहसचिव छवि रिजालले १५ जना प्रहरी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकारी दिए। आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई कानुनी कारबाहीमा ल्याइने बताए।