चेतन रेग्मी
तुलसीपुर–१७ साउन । नयाँ शक्ती नेपालका संयोजक डा। बाबुराम भट्टराइले नेपालको सत्ता परिवर्तनमा भारतको भूमिकाबारे अनावश्यक चर्चा हुने गरेको बताउनु भएको छ । रिपोर्टस कल्ब दाङले आज तुसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाले नेपालको सत्ता परिवर्तनमा सँधै भारत लाई हेर्ने गलत प्रवृत्ती रहेको बताउनुभयो । नेपालको आन्तरीक मामीलाको हल यहीका दलहरुले गर्नुपर्ने बताउदै उहाले बाहीरी हस्तक्षेप भने स्वइकार्य नहुने बताउनुभयो ।
सत्ता परिवर्तन नेपालकै राजनीतिक दल र शासकीय प्रणालीका कमजोरीका कारण हुने गरेको उहाको भनाइ रहेको छ । भट्टराइले नेपाली जनताको त्याग र बलिदानलाई बिर्सिएर हरेक घटनामा भारतको नाम जोड्नु उचित नहुने धारणा राख्नभयो । रिपोर्टस कल्ब नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्ब प्रधान मन्त्री समेत रहनुभएका डा भट्टराइले प्रत्यक्ष निर्वा्चित राष्ट्रपति र समानुपातीक संसद नहुँदासम्म देशमा राजनीतिक अस्थिरता कायम रहने धारणा राख्नुभयो ।
उहाले शासकीय प्रणालीमा परिवर्तन भएपछि मात्र देशमा स्थिरता कायम हुने बताउनुभयो । बर्षेनी भारतले बनाएका बाँधले नेपालको तराइ मधेश डुबानमा परे पनि कहिलै पनि भारतसँग सार्थक बार्ता हुन नसकेको उल्लेखगर्दै उहाले ‘आरोप मात्रै लगाउनेभन्दा समस्या समाधान हुने गरी भारत सँग संवाद गर्न आबश्यक छ,’ भन्नुभयो,‘ ।कार्यक्रमको सहजीकरण कल्बका सचीव बिमल गौतमले गर्नुभएको थियो । डा भट्टराई नयाँ शक्तीको पाँच नम्बर प्रदेश स्तरीय प्रशिक्षणमा सहभागी हुन दाङ आउनुभएको थीयो ।
तुलसीपुर दाङ तस्वीर पनि छ।
