काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।
उनीहरूले ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’, ‘सिंगो नेपाल के भन्छ, कुलमान घिसिङ ल्याऊ भन्छ’, ‘देशलाई अन्धकारमा धकेल्न पाइँदैन’लगायतका प्लेकार्ड प्रदर्शनकारीले बोकेर सरकारको निर्णयको विरोध गरेका थिए । सो क्रममा प्रहरीले निषेधआज्ञा जारी गरेको क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच धक्कामुक्का पनि भएको थियो ।
