Indrenionline.com

महानगरसँगै दाङको विकासका लागि प्राधिकरण आवश्यक” – नेता आचार्य

इन्द्रेणी संवाददाता

दाङ, ५ चैत्र । – नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले दाङको समग्र विकासका लागि बृहत् गुरुयोजना आवश्यक रहेको बताएका छन्।

उनले दाङलाई महानगर बनाउनाका साथै एकीकृत विकासका लागि विकास प्राधिकरण गठन गर्नुपर्ने धारणा राखेका छन्। “यसले शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युत्, सिँचाइ तथा खोलाका ढुंगा-बालुवासम्बन्धी समस्याहरू समाधान गर्न मद्दत गर्छ।

विकासका काम योजनाबद्धरूपमा अघि बढ्छन् र अनावश्यक तानातान पनि हट्छ,” उनले उल्लेख गरे