इन्द्रेणी संवाददाता
दाङ । रोजगारीका लागि रुसी सेनामा गएका रोल्पाका एक पूर्ववडाध्यक्षको रुस–युक्रेन युद्धमा मारिएका छन् । रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ५ जैमाकसलाका पूर्ववडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको युद्धमा मारिएका हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा पनि पुनः वडाध्यक्षको उम्मेदवार बनेका बुढाथोकी पराजित भएका थिए । २०८० असोजमा बुढाथोकी रुसी सेनामा भर्ती भएको परिवारले जनाएको छ ।
रुसी सेनामा रहेका बुढाथोकीले फोन र मेसेज मार्फत परिवारसँग सम्पर्क गर्दै आएका थिए । सोमबार बेलुका आफन्त र इष्टमित्र मार्फत बुढाथोकीको निधन भएको खबर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको थियो ।
तीर्खको मृत्युको खबर पाएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार पूरा गरेका छन् । तीर्खका जेठा दाजु खगेन्द्र बुढाथोकीका अनुसार उनी फागुन १३ गतेबाट परिवारको सम्पर्कबाहिर भएका थिए ।
