काठमाडौं । राप्रपाले फोहोर गरेबापत काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरीवाना तिरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जरिवाना स्वरुप महानगरको खातामा एक लाख रुपैयाँ आज दाखिला गरेको जानकारी दिएका छन् ।
राप्रपाका प्रमुख सचेतक शाहीले रामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै प्रदर्शनमा क्रममा भौतिक क्षति र फोहोर भएको कुरा स्वीकार गर्दै विधिको शासन मानेर काठमाण्डौ महानगरको निर्णयलाई स्वीकार गरेर जरिवाना रकम दाखिला गरेको बताएका छन् ।
